पूर्व प्राथमिक तहको खेलकुद कार्यक्रम सम्पन्न

हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजित खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

ADVERTISEMENT

माघ २४ गतेबाट शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार विद्यार्थी र अभिभावकसँग भाइचाराको सम्बन्ध स्थापित हुने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गरेको पूर्व प्राथमिक तहका संयोजक अनिता गौतमले जानकारी दिइन् ।

कक्षा नर्सरी, एलकेजी र कक्षा यूकेजीका विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न खेलहरु सञ्चालन भएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *