बागमतीमा प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्डको माग

हेटौँडा,, बागमती प्रदेशमा पनि ‘बागमती प्रज्ञा प्रतिष्ठान’ र ‘बागमती चलचित्र विकास बोर्ड’ गठन गर्नुपर्ने माग सांस्कृतिककर्मीहरूको समूहले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई राखेका छन्।

ADVERTISEMENT

सांस्कृतिक महासंघका सभापति तीर्थबहादुर थापाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीलाई स्वागत गर्दै औपचारिक मागपत्र बुझाएको हो। मागपत्रमा गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशमा क्रमशः गण्डकी प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान स्थापना भइसकेको सन्दर्भ दिँदै, बागमती प्रदेशले पनि भाषा–साहित्य, ललितकला, संगीत र नाट्य विधालाई समेट्ने ‘बागमती प्रज्ञा प्रतिष्ठान’ तत्काल गठन गर्नुपर्ने उल्लेख छ।

नेपाल सांस्कृतिक महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’का अनुसार, नेपाल चलचित्र विकास बोर्डजस्तै गरी बागमती प्रदेश मातहत ‘बागमती चलचित्र विकास बोर्ड’ स्थापना गर्न पनि माग गरिएको छ। कलाकर्मीहरूसँगको भेटमा मुख्यमन्त्री बानियाँले मागपत्र ग्रहण गर्दै यस विषयमा सकारात्मक ध्यान दिने प्रतिबद्धता जनाएका थिए।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya