न्यौपाने हत्याका आरोपी पैठान पक्राउ

हेटौंडा, हेटौंडामा रहेको होटलमा मृत अवस्थामा फेला परेकी एलिसा न्यौपानेको हत्याको मुख्य आरोपीलाई मकवानपुर प्रहरीले सोमबार पक्राउ गरेको छ ।

ADVERTISEMENT

हेटौंडा १० बसपार्कस्थित रत्ना होटलमा हेटौंडा ११ की न्यौपानेलाई हत्या गरी फरार रहेका ३२ वर्षीय समिर खान भनिने चाँद खाँ पैठानलाई सोमबार साँझ हेटौंडा ५ लट्टिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको उनले बताए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भदौ १५ गते शनिबार समिरका ५५ वर्षीय आमा सैरुन खान, २६ वर्षीय श्रीमति रविना खातुन, ५६ वर्षीय ससुरा लालबाबु खाँ पैठान र ३० वर्षीय जेठान फैयाज अहमदलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya