पर्यटन प्रबद्र्धनका लागि बैकुण्ठमा ल्होसार मनाइने

हेटौंडा /तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको अवसरमा डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ल्होसार मेला आयोजना गरिने भएको छ ।

ADVERTISEMENT

कैलाश गाउँपालिका वडा नम्वर २ मा रहेको बैकुण्ठमा माघ ८ गते ल्होसार पर्व मनाउन विनोद मुक्तानको संयोजकत्वमा ल्होसार संयोजन समिति निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए । मेलामा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा राष्ट्रिय कलाकारको प्रस्तुति रहने उनले बताए । मेलामा स्थानीय तामाङ समुदायको संस्कार र सँस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावा लगायतका झाँकिहरुको प्रस्तुती रहनेछ ।

ग्रामिण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको अध्यक्ष घिसिङको भनाई छ ।

तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८५९औँ सोनाम ल्होछार २०७९ ह्योई ल्हो ९बिरालो वर्ग०को अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको बैकुण्ठमा पहिलो पटक मेला हुन लागेको हो । यस वर्ष बाघ वर्षलाई बिदाइ गर्दै बिरालो वर्षलाई स्वागत गर्दै ल्होछार मनाउन लागिएको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *