राक्सिराङमा १५ बिगाहा गाँजा नष्ट

हेटौंडा – मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं.४,५ र ९ मा लगाईएको १५ बिगाहा अवैध लागूऔषध गाँजा फडानी गरि नष्ट गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ्ग गाउँपालिकाको तीन वटा वडामा तीन दिन लगाएर १५ विगाहा गाँजा फडानी गरि नष्ट गरिएको हो । राक्सिराङ्ग गाउँपालिका वडा नं.४ र ५ सोमबार १० विगाहा गरिएको मकवानपुर प्रहरीको दाबी छ ।

त्यस्तै असोज ६ र ७ गते राक्सिराङ्ग गाउँपालिका वडा नं.९ को ५ विगाहा क्षेत्र फलमा लगाएको गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरी पोलेर नष्ट गरेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *