राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा मकवानपुरबाट ६ जना छनाैट

हेटाैडा, राष्ट्रिय स्क्रयाबल प्रतियोगिताका लागि मकवानपुर जिल्लाबाट ६ जना छनाैट भएका छन् । शनिबार हेटौंडामा भएको छैटाै जिल्ला प्रतियोगितामा संस्थागत तथा सामुदायिक गरी १३  विद्यालय बाट २—२ जना विद्यार्थीको  सहभागिता रहेको कार्यक्रममा गुरुशिष्य पाठशालाका  काव्या खनाल, वंंशगोपाल माविका सम्राट खत्री,  बाल जागृति इङ्कलिश स्कूलका स्वर्णीम सुबेदी  र आयुष रौनियार, भुटनदेवी माविका प्रिन्स लयरा र तुलसी मेहर सेकेन्डरी स्कूलका सुरन ब्लोन यस प्रतियोगिताबाट  उत्कृष्ट भइ राष्ट्रिय  प्रतियोगिताकालागि छनौट भएका छन् ।

ADVERTISEMENT

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृण्ण प्रसाद दहाल तथा हेटौंडा उममहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर दहालको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो । कार्यक्रममा स्क््रयाबल कल्ब  मकवानपुरका संयोजक बिवश जङ थापा, शिक्षा विकास महाशाखाका हरिचन्द्र सापकोटा, नेल्टा मकवानपुरका उपाध्यक्ष सुरेश रेग्मी, प्रसिद्धि बुक हाउसका सञ्चालक कृण्णदेव भण्डारी, विद्यालयका प्रधानाध्यापक ललन कुमार पाण्डेयको उपस्थिति रहेको थियो ।   

 मकवानपुर स्क्याबल क्लबका संयोजक विवश जङ थापाले यस प्रतियोगिताबाट ६ उत्कृष्ट विद्यार्थी कार्तिक १३ देखि १५ गतेसम्म  रुपन्देहीको, तिलोतमा –१  शाङकनगर मा अवस्थित एपेक्स स्कूलमा    हुने राष्ट्रिय प्रतियोगितामा  सहभागी हुन पाउने बताउनुभयो ।  कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई मेडल तथा शैक्षिक सामग्री तथा प्रमाण पत्र प्रदान गर्नुको साथै सहभागी २६ जना विद्यार्थीलाई प्रोत्साहन स्वरुप मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमका अतिथि तथा विभिन्न विद्यालयका प्रतिनिधि शिक्षकहरुलाई  मायाको चिनो स्वरुप पुस्तक र अमेरीकन एम्वेसी (रेलो) बाट  शैक्षिक सामग्री प्रदान गरिएको थियो । पठन संस्कृति विकास गर्ने हेतुले अतिथि तथा शिक्षकहरुलाई अङ्ग्रेजी भाषा सिकाइसँग सम्बन्धि पुस्तक प्रदान गरिएको विद्यालयका शिक्षक सरोज लामिछानेले बताउनु भयो ।  कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विद्यालय गान तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।  कार्यक्रममा रिडमोर पब्लिकेशन  र पेन्टागन एकेडेमी, हेटौंडाको सहयोग रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya