हेटौंडा, हेटौडा ६ नं वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले नयाँ भवनको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उपमेयर बानियाँले नयाँ भवन निर्माण पछि जनताको काम अझ चाडो हुने बताए ।
‘समयमै निर्माण सक्न निर्माण कम्पनीलाई आग्रह गर्दै जनतालाई सहज ढंगले सेवा दिन जनप्रतिनिधिहरु सदैव क्रियाशील हुनु पर्दछ ।’–उनले भने । कार्यक्रममा हेटौडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, सरिता सापकोटा , पूर्व वडा सदस्य शुभद्रा तिमल्सिना , वडा सचिव आमोद मैनाली, सञ्चारकर्मी , वडाबासी लगायतको उपस्थिति रहेको थियो ।
चौघडाको बंशगोपाल मन्दिर क्षेत्रमा निर्माण हुने वडा कार्यालय भवन ५ कोठाको हुनेछ । १८ महिनामा निर्माण सक्ने गरि एक्सिस एशियन कन्स्ट्रक्सन कम्पनी प्रालिसंग ठेक्का सम्झौता भएको यो वडा कार्यालयको भवन निर्माणको लागि १ करोड रुपैयाँ खर्च लाग्ने सघन शहरी तथा भवन निर्माण चितवनका ईन्जिनियर रविन पाठकले बताए । हाल वडा कार्यालय रहेको भवन साघुरो र कोठा अपुग हुनुको साथै पार्किङको समेत समस्या भएको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।
ADVERTISEMENT