निर्मल माविद्वारा अभिभावकसँग प्रत्यक्ष संवाद, पारदर्शिता र सहभागितामा जोड

हेटौँडा, हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयले अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै विद्यालयका गतिविधिमा पारदर्शिता र सहभागितालाई प्राथमिकता दिएको छ। विद्यालयमा आयोजित ५०औँ वार्षिक अभिभावक भेलामा शैक्षिक नीति, कार्यक्रम तथा आय–व्यय सार्वजनिक गर्दै अभिभावकहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको हो।

ADVERTISEMENT

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी प्रमुख अतिथि रहेका थिए । भेलामा प्रधानाध्यापक प्रबोध बिडारीले चालु शैक्षिक वर्ष २०८१/८२ का नीति तथा कार्यक्रम र आय–व्यय विवरण प्रस्तुत गर्दै विद्यालयमा पारदर्शितालाई संस्थागत बनाउने प्रयास गरिएको बताए। उनले आगामी शैक्षिक वर्ष २०८२/८३ का योजनाहरू प्रस्तुत गर्दै विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अभिभावकको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीले स्वर्ण महोत्सवको आय–व्यय प्रतिवेदन सार्वजनिक गरेका थिए, जसले विद्यालयका गतिविधिमा आर्थिक पारदर्शिताको अभ्यासलाई थप सुदृढ बनाएको छ। यसै अवसरमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्नुका साथै उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

ADVERTISEMENT

साथै अन्जना बस्नेतको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरिएको छ, जसले विद्यालय र अभिभावकबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ। कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक सुनिल लामाले व्यक्त गरेका थिए भने समापन पूर्व अध्यक्ष इन्द्रिया लामाले मन्तव्यसहित गरेका थिए।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya