आधुनिकलाई ४ नम्बर वडाको सहयोग

हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको शैक्षिक सभाहलका लागि २ सय ७० वटा कुर्सी हस्तान्तरण गरिएको छ। शुक्रबार आयोजित एक कार्यक्रमबीच हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको विशेष उपस्थितिमा कुर्सी हस्तान्तरण गरिएको हो।

ADVERTISEMENT

कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं, समाजसेवी भवानी शर्मा, टोल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, विद्यालय व्यवस्थापन समितिकी सदस्य रेणुका फुँयाल तथा पिटिए अध्यक्ष केदार ढोडरीलगायतको उपस्थिति रहेको थियो।

वडा सचिव रामप्रसाद गुरागाईंका अनुसार करिब ५ लाख रुपैयाँ बराबरको कुर्सी विद्यालयको शैक्षिक सभाहलका लागि सहयोग स्वरूप उपलब्ध गराइएको हो। कुर्सीको व्यवस्थापन भएपछि सभाहल सञ्चालनमा सहजता आएको विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंले जानकारी दिनुभयो।

ADVERTISEMENT

वडा अध्यक्ष नवीन सिग्देलले विद्यालयको भौतिक पूर्वाधार सुधार, विज्ञान प्रयोगशाला ९क्अष्भलअभ ीबद० विकास तथा विभिन्न शैक्षिक क्रियाकलापमा वडा कार्यालयले विगतका आर्थिक वर्षहरूदेखि निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। साथै, चौतर्फी शैक्षिक विकासका लागि वडा कार्यालयले विभिन्न कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *