प्रथम अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिताको उपाधी नवोदय शिशु सदनलाई

हेटौंडा, स्वर्गीय बिके बोस स्मृतिमा आयोजित पहिलो जिल्ला स्तरिय एकल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता शनिबार हेटौंडामा सम्पन्न भएको छ । मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा अन्डर १३ छात्र/छात्रा र अन्डर १७ छात्र/छात्रामा खेलहरू सञ्चालन भएको थियो । जिल्लामा रहेका सामूदायिक तथा संस्थागत विद्यालयका १ सय १० जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले उपाधि जितेको छ ।

ADVERTISEMENT

१३ वर्ष उमेर समूहबीच भएको प्रतियोगितामा छात्रातर्फ नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयकी विनिसा गुरुङ प्रथम, नवोदयकै मोक्षदा खतिवडा दोस्रो र कमाने एकेडेमीका निकिता भट्टराई तृतीय हुन सफल भएका थिए । यसैगरी अन्डर १३ छात्रतर्फ सुर्य माविका सर्गम भ्लोन प्रथम, सिद्धार्थ शिशु सदन विद्यालयका आवरण अधिकारी दोस्रो र बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका स्वर्ण विक्रम सिंह ठकुरी तृतीय हुन सफल भए । यसैगरी आज भएको अन्डर १७ छात्रातर्फको खेलमा नवोदय विद्यालयकी सुजला सापकोटा प्रथम, नवोदयकी प्रसिद्धी मिश्र दोस्रो र कमाने एकेडेमीका सजिना कार्की तृतीय हुन सफल भए ।

अन्डर १७ छात्रतर्फको खेलमा सनराइज इङ्लिस सेकेण्डरी विद्यालयका निर्णय थापा प्रथम, सनराइजकै इन्स लो दोस्रो र सूर्य माविका सुदिप मोक्तान तृतीय हुन सफल भए । प्रतियोगितामा सुर्य माविका सर्गम भ्लोन वेष्ट प्लेयर अफ द म्याच घोषित भए । मकवानपुर जिल्ला ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष विजय सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ की वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मकवानपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष माधवी बोस, देव घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *