हेटौंडा, हाँस्यव्यङ्ग्य साहित्य विधाको विकासका लागि स्थापित सिस्नुपानी नेपालको मकवानपुर जिल्ला शाखा अध्यक्षमा सम्प्रस पौडेल चयन भएका छन् ।
विहीबार भएको सिस्नुपानी नेपाल मकवानपुरको अधिवेशनबाट सम्प्रसको अध्यक्षतामा १० सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन गरेको हो । सिस्नुपानी नेपाल मकवानपुरको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाई, कोषाध्यक्षमा शुभद्रा हुमागाईँ, सहसचिवमा अमृता लामिछाने चयन भएका छन् । यस्तै सदस्यमा चिरञ्जीवि लामिछाने, स्वस्तिका दाहाल, अजर फुयाँल, बैकुण्ठ लामिछाने र सुबास सजल चयन भएका छन् ।
सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लक्ष्मण गाम्नागेले हास्यव्यङ्ग्य कविता वाचन गरेका थिए । कार्यक्रममा विभिन्न साहित्य संघ संस्थाका प्रतिनिधि, समाजसेवी, साहित्यकारहरुको उपस्थिती रहेको थियो ।






