नमूना प्रगतिद्वारा जेष्ठ सदस्य सम्मान

हेटौँडा, हेटौंडा–२ देवीपथमा मूख्य कार्यालय रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को अवसरमा सहकारी संस्थाका जेष्ठ सदस्य सम्मान गरेको छ । शुक्रबार हेटौंडाको रोयल प्यालेसमा भएको कार्यक्रममा संस्थामा आवद्ध रहेका ७० वर्षभन्दा बढी उमेर समूहका जेष्ठ सदस्यसंग भेटघाटसहित अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा जेष्ठ सदस्यहरुलाई ढाकाटोपी लगाएर सम्मान गरिएको थियो ।

ADVERTISEMENT

हाल संस्थामा ८४ जना ७० बर्ष माथिका जेष्ठ पुरुष सदस्यहरु रहेकोमा आज ४७ जनालाई सम्मान गरिएको संस्थाका ब्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए । संस्थाका अध्यक्ष मिठाराम दहालको अध्यक्षता एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कर्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य एवम् प्राध्यापक शिवराज पराजुलीले ‘जेष्ठ सदस्यसंग मनका कुरा’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने संस्थाका ब्यवस्थापक बद्रीप्रसाद भण्डारीले संस्थाको प्रगति विवरण जानकारी गराएका थिए ।

२०५५ सालमा स्थापना भएको संस्थामा हाल २ हजार ६ सय ७० जना शेयर सदस्य रहेका छन् । हेटौंडा १७ हटियामा सेवा केन्द्रसमेत रहेको संस्थामा हाल ६ जना कर्मचारी कार्यरत रहेका छन् । २ करोड ९१ लाख ९८ हजार शेयर पुँजी रहेको ब्यवस्थापक भण्डारीले बताए ।

संस्थाका सचिव रामजी सापकोटाले सञ्चालन गरेका कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका सञ्चालक सीताराम दाहाल, संस्थाका सल्लाहकार सुर्यचन्द्र न्यौपाने र जुनेली श्रेष्ठ, कोषाध्यक्ष केशव देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *