१०२ जनाले गरे रक्तदान

हेटौंडा, हेटौंडा अटोमोवाइल्स एसोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् । संस्थाको वार्षिक क्यालेण्डर अनुसार शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष ऋषिकुमार ढकालले जानकारी दिए ।

ADVERTISEMENT

हेटौंडा अटोमोवाइल्स एसोसिएसनकाका अध्यक्ष ऋषिकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।

‘हरेक वर्ष संस्थाले रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । यो ११ औँ रक्तदान कार्यक्रम हो ।’ संस्थाका अध्यक्ष ढकालले भने –‘संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रममा यो वर्ष १०२ जनाले रक्तदान गर्नु भई रेकर्ड ब्रेक भएको छ ।’

ब्लड बैंक हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको संयोजक देवनारायण दुलालले गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *