हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा ‘बिजनेस इन्कुवेशन सेन्टर’ उद्घाटन

हेटौंडा, १५ साउन/हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस क्याम्पसमा ‘बिजनेश इन्कुवेशन सेन्टर’ को उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले आइतबार एक कार्यक्रमकाबीच बिजनेश इन्कुवेशन सेन्टरको उद्घाटन गरेकी हुन् ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाले विद्यार्थीको हक अधिकारका लागि क्याम्पससंग समन्वय र सहकार्यका लागि तयार रहेको मेयर लामाले बताइन् । बिजनेस इन्कुवेशन सेन्टरले विद्यार्थीलाई उत्पादनसंग जोड्न सकोस् भन्दै लामाले शुभकामना दिएकी छिन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्स व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका प्रिन्सिपल पुरनबहादुर जोशीले विद्यार्थीहरुलाई उद्यमी बन्न प्रेरित गर्न बिजनेश इन्कुवेशन सेन्टरको उद्घाटन गरिएको बताए ।

विद्यार्थीहरुलाई उद्यमशील बनाउन व्यवसाय प्रवद्र्धन केन्द्रले सहयोग पुग्ने हेटौंडा स्कूल अफ म्यानेजमेन्टका योजना तथा विकास विभागका निर्देशक दीपेश जोशीको भनाई छ । उद्यमशीलताको सीप र सोचको विकास गर्ने उद्देश्यले स्थापित भएको
सेन्टरले व्यवसायमा आधारित आइडिया छनोट गरिने छ । कार्यक्रम अन्तर्गत छनोट भएका आइडियाहरूलाई व्यावसायिक विकासका लागि बिजनेश इन्क्युवेशन, मेन्टरसिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच एवम् एग्री बिजनेश सम्बन्धी विज्ञहरूको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्मको अवसर प्रदान गर्ने उनले बताए । क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु उद्यमी बन्न चाहेमा त्यसको पुल सेन्टरले गर्ने उनको दावी छ ।

देशमा निर्यात भन्दा आयात बढिरहेको अवस्थामा देशमा उद्यम शीलताको विकास हुनुपर्नेमा उनले जोड दिएका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख टिका शर्मा, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाका प्रमुख युवराज गुरुङ, उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेललगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *