हेटौंडा, थानाभर्याङ टोल विकास संस्थाको अध्यक्षमा पुनः बसन्त कप्रौला चयन भएका छन् । टोल विकास संस्थाको ११ औं साधारण सभाले कप्रौलालाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा सरिता दाहाल, सचिवमा पवन पण्डीत, सहसचिवमा अम्बिका क“डेल, कोषाध्यक्षमा रामेश्वर नगरकोटी निर्वाचित भएका छन् । यस्तै सदस्य पदमा लक्ष्मीराज बानियाँ, गंगा कार्की, निरज गौतम, पर्वती खडका, बेलीकुमारी पाण्डे, सुस्मीता तामाङ श्रेष्ठ सर्वसहमत निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका संयोजक देवकुमार, श्रेष्ठ सदस्य यज्ञबहादुर आचार्य, इन्द्र लामाले निर्वाचन गराएका हुन । बसन्त कप्रौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नंं। ११ की अध्यक्ष जुना दाहालको प्रमुख आतित्थ्यता तथा हेटौंडा उपमहानगरपालिका संघ संस्था तथा समुदाय परिचालन शाखा प्रमुख गंगा चौलागाई लगायतको आतित्थ्यता रहेको थियो ।







