असोज १७ गतेबाट पालिकास्तरीय फुटसल हुँदै

हेटौंडा, सातौं संस्करण अन्तरगत मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता यही असोज १७ गतेदेखि संचालन हुने भएको छ । उक्त प्रतियोगिता प्रतिभा युवा क्लब मकवानपुरगढी–४ को आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा हुन लागेको हो ।

ADVERTISEMENT

यसअघिका प्रतियोगिताहरु गढी स्टार स्पोर्ट्स क्लब आयोजना गर्दै आएकोमा यस वर्षको प्रतियोगिता भने प्रतिभा युवा क्लबले आयोजना गर्न लागेको हो । असोज २० गतेसम्म संचालन हुने उक्त प्रतियोगिता मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३, भानु माविको मिनिपिच ९फुटसल० मा हुने आयोजक क्लबका अध्यक्ष हेमबहादुर योञ्जनले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाका सबै वटा वडाबाट सहभागिता जनाउने अपेक्षा गरिएको अध्यक्ष योञ्जनले बताए ।

प्रतियोगितामा प्रथम र द्दितिय स्थान हाँसिल गर्ने समूहले क्रमशः ८० हजार र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गत वर्ष भएको छैटौं संस्करणको प्रतियोगितामा प्रतिभा युवा क्लब विजेता र आयोजक गढी स्टार स्पोर्ट्स क्लब उपविजेता भएको थियो । उक्त प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका थिए ।

नेपालीहरुको महानपर्व विजया दशमी, शुभ दिपावली, नेपाल संवत् एवम् छट पर्वको पावन अवसरमा हरेक वर्ष पालिका स्तरीय फुटसल प्रतियोगिता हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya