हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडामा खुला कविता प्रतियोगिता हुने भएको छ । यही मङ्सिर २९ गते प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
‘जुनसुकै विषयमा मौलिक कविता रचना गरी प्रिती फन्टमा टाइप गरी पठाउनु पर्नेछ । कविता पठाउने अन्तिम मिति मङ्सिर २० गते रहेको छ । प्राप्त कवितामध्ये उत्कृष्ट २० कविता छनौट गरी अन्तिम प्रतियोगितामा सहभागी गराइनेछ ।’ आयोजकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कविता sangam.htd@gmail.com मा पठाउनु पर्ने छ ।







