हेटौंडा, हेटौंडा–९ मा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। सहकारीको २८ औं वार्षिक साधारणसभाको अवसरमा लाभान्स वितरण गर्ने जानकारी गराइएको हो। सहकारीको साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
संस्थाका सञ्चालक अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीका अध्यक्ष जंगबहादुर गुरुङले आव २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन र आव २०८१/८२ को भावी नीति तथा कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका ब्यबस्थापक महेश्वर अधिकारीले आव २०८०/८१ को आय व्यय विवरण र आव २०८१/८२ को प्रस्तावित अनुमानित बजेट प्रस्तुत गरेका थिए । साधारणसभाले अध्यक्ष तथा कोषाध्यक्षको प्रतिवेदन वित्तीय विवरण समेत पारित गरेको छ। २ हजार २ सय ६३ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ६ करोड ११ लाख ५३ हजार ६ सय रुपैयाँ, बचत निक्षेप २८ करोड ७३ लाख ७५ हजार ७६७ रुपैयाँ रहेको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक एवं मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्साल, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक बागमती प्रदेश कार्यालय हेटौंडाका प्रबन्धक रामेश्वर अर्याल, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका अध्यक्ष नरेन्द्र भण्डारी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघकी निवर्तमान उपाध्यक्ष एवं मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी निवर्तमान अध्यक्ष राधा सिन्तान, बागमती प्रदेश सहकारी संघका सदस्य एवं मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, नारायणी सहकारीका सल्लाहकार कुमार पौडेल, नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्था हेटौंडाका अध्यक्ष नवराज खनाल, मकवानपुर बेरोजगार युवा संगठनका अध्यक्ष सुरेश बेरोजगार, नारायणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष रामचन्द्र दाहाललगायतको आतिथ्यता रहेको थियो ।






