पशुपतिनाथ माविको स्थापना दिवसमा अध्यक्ष सम्मानीत, विद्यार्थी पुरस्कृत

हेटौंडा, पशुपतिनाथ माविले स्थापनाको ४८ औं बर्षको अवसरमा आयोजना गरिएको बिबिध खेलकुद प्रतियोगिताका बिजेतालाई पुरस्कृत गरेको छ । कक्षा १ देखि १० सम्मका बालबालिकालाई बिभिन्न मनोरन्जनात्मक खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो । खेलकुद प्रतियोगिताका बिजेता विद्यार्थीलाई वडाअध्यक्ष प्रकाश थापाले पुरस्कृत गरेका थिए ।

२०२७ सालमा स्थानीय समाजसेबीहरुले ब्यक्तिगत खर्चबाट संचालन गरेको यस विद्यालयलाई २०३२ साल मंसिर १५ गतेका दिन तत्कालीन सरकारले अनुमति दिएको थियो । पछिल्लो एक दसकदेखि विद्यालयले नियमित रुपमा स्थापना दिवस मनाउँदै आएको हो ।

विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विब्यस अध्यक्ष माधब गौतमलाई सम्मानीत गरिएको हो । विद्यालयका शिक्षक परिबारको तर्फबाट प्रधानाध्यापक भानुभक्त आचार्यले अध्यक्ष गौतमलाई कदरपत्रद्वारा सम्मानीत गरेका थिए । मनहरी–४ का वडाअध्यक्ष थापाले अध्यक्ष गौतमलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

विद्यालय ब्यवस्थापन समितिमा रहेर उत्कृष्ठ कार्य गरेको भन्दै केही महिना अघि बागमती प्रदेश सरकारले अध्यक्ष गौतमलाई प्रदेश दीप प्रदान गरेको थियो । अध्यक्ष गौतम पछिल्लो ६ बर्षदेखि विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेर विद्यालयमा योगदान गरिरहेका छन् । अध्यक्ष गौतमको योगदानको कदर गर्दै गाउँपालिकाले शिक्षा समितिको सदस्यमा मनोनित गरेको छ ।

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button