१४ खेलाडिले पाए ब्ल्याक बेल्ट

हेटौंडा, स्वछन्द भैरव सितेरियो कराते डोजो चित्लाङले १४ जना खेलाडिको ब्लाकबेल्ट टेष्ट गरेको छ।

ADVERTISEMENT

१९ असोजमा चित्लाङको हात्तिसारमा थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीको प्रमुख आतिथ्यता तथा डोजो प्रमुख प्रशिक्षक रोशन बलामीको अध्यक्षतामा सम्पन्न ग्रेडिङ समारोहमा १४ खेलाडीलाई ब्ल्याक बेल्ट प्रदान गरिएको हो।
ब्ल्याक बेल्ट प्राप्त गर्नेमा भुमिका बलामी,इनेश बलामी,करण गमाल,अर्जुन गमाल,समीर गोले,आस्मा थोकर,निशान गोले,सुमित भोम्जन,उज्वल लङ्वा,दिपिका स्याङ्तान,अनुष्का लोप्चन,प्रीति थिङ,सलिना माझी,र रिता श्रेष्ठ रहेका छन।

समारोहमा सितोरियो करातेका केन्द्रिय डोजो प्रमुख तथा प्रमुख प्रशिक्षक साइला गमाल,खेलकुद विकास समिती थाहा नगरका सदस्य यादव जंग रायमाझी,वडा न ९ खेलकुद विकास समिती संयोजक अमर सिंह ठकुरी,वडा सदस्य हरु रमेश बलामी,रामकृष्ण कपाली,अन्जु श्रेष्ठ,पुर्व वडा अध्यक्ष पर्शुराम श्रेष्ठ,नेकपा माओवादीका वडा संयोजक रमेश बिडारी,नेपाली काङ्ग्रेसका निर्मल बलामी,राप्रपाका रामकृष्ण लामिछाने, स्वच्छन्द भैरव डोजोका अध्यक्ष निरन घोले लगाएतका उपस्तिथि रहेको थियो।

ADVERTISEMENT

ग्रेडिङ कार्यक्रममा खेलाडीहरुलाई शुभकामना दिदै अतिथीहरुले उच्च मनोबल र मेहनतको प्रतिफल पाएको बताउदै खेल प्रती लगाव राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्न शुभकामना दिए । ग्रेडिङ कार्यक्रमको अवसरमा खेलाडिहरुले काँता,स्पायरिङ,सहित डेमोस्ट्रेसन प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *