मकवानपुरमा कर्फ्यु र निषेधाज्ञा आदेश जारी

हेटौँडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै कर्फ्यु र निषेधाज्ञासम्बन्धी नयाँ आदेश जारी गरेको छ।

ADVERTISEMENT

बिहीबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको सूचनामा नागरिकको जनधनको सुरक्षा र जनजीवनलाई सामान्यीकरण गर्ने उद्देश्यले अर्को आदेश नआएसम्मका लागि नयाँ समय तालिका लागू हुने उल्लेख छ।

नयाँ आदेशअनुसार बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म पूर्ण रूपमा कर्फ्यु लागू हुनेछ। यस अवधिमा अत्यावश्यक बाहेक कुनै पनि प्रकारको हिँडडुल तथा आवतजावतमा पूर्ण प्रतिबन्ध रहनेछ।

ADVERTISEMENT

त्यसैगरी, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ। यस अवधिमा अनावश्यक जमघट र भिडभाड गर्न पाइने छैन।

प्रशासनले नागरिकलाई अत्यावश्यक कामका लागि छुट्टै समय तोकेको छ। सो अनुसार, बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र आवतजावत गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *