मकवानपुरमा तीन दिन सालक दिवस मनाईने

हेटौंडा, मकवानपुरमा तीन दिनसम्म शालक दिवस मनाईने भएको छ । हरेक वर्ष फेब्रुअरी महिनाको तेश्रो शनिवार मनाईदै आएको विश्व सालक दिवस यस वर्ष मकवानपुरमा तीन दिन विभिन्न कार्यक्रम गरेर मनाईने भएको हो ।

ADVERTISEMENT

‘सालक संरक्षणमा समुदायको नेतृत्व’ भन्ने नाराका साथ फागुन ४, ५ र ६ गते विविध कार्यक्रमहरु आयोजना गरी सालक दिवस मनाईने डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले जानकारी दिए । डिभिजन वन कार्यालय राप्ती, डिभिजन वन कार्यालय मकवानपुर, एसएमसिआरएफ र ग्रीन हुड नेपालको आयोजनमा विविध कार्यक्रम सहित दिवस मनाईने उनले बताए ।

प्रमुख आचार्यका अनुसार दिवसका अवसरमा फागुन ४ गते जिल्ला समन्वय समितिको सभाहलमा हलमा सालक संरक्षणमा कार्यरत समुह, वनका कर्मचारी, विज्ञ, संचारकर्मी लगायत सरोकारवालाहरुको सहकार्यमा पेनगुइन राउण्ड टेवल कार्यक्रम आयोजना गरिने छ ।

ADVERTISEMENT

यस्तै फागुन ५ गते डिभिजन वन कार्यालय राप्तीको प्राङ्गण मनहरीमा सरोकारवालाको उपस्थितीमा मुल कार्यक्रम गर्ने र सालक संरक्षण सम्बन्धि गीत लोकार्पण गरिनेछ । सोही दिन स्थानीय समुहद्वारा सालक संरक्षणको लागि तयार गरिएको खैजडी भजन सहितको नृत्य कार्यक्रम, कविता वाचन, सालक सम्बन्धि फेस पेंटिङ, चेतनामुलक वृतचित्र प्रदर्शन, सालकको मुकुण्डो सहित प्रदर्शनलगायतको कार्यक्रम आयोजना हगरिने छ ।

यस्तै फागुन ६ गते लामो समयदेखि सालक संरक्षणमा भूमिका खेल्दै आएको रानी र चुच्चेखोला सामुदायिक वनका उपभोक्तासंग छलफल कार्यकर्मको गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *