प्रदेश लोक सेवा अध्यक्षमा श्रेष्ठ नियुक्त

हेटौंडा, बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

ADVERTISEMENT

मुख्यमन्त्री बहादुरसिंह लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेलको ३ सदस्यीय सिफारिस समितिले २१ असोजमा श्रेष्ठलाई नियुक्तिको लागि सिफारिस गरेको थियो ।
२०७६ मंसिर २६ मा गठित आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका कारण गत चैत ३ गते पदावधि सकिएपछि उक्त पद खाली थियो ।

राजनीति दाउपेचका कारण दलहरूबीच सहमति नजुट्दा विगत ७ महिनादेखि प्रदेश लोक सेवा आयोग अध्यक्षविहीन थियो । आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था छ ।

श्रेष्ठ बिहीबार मात्रै सरकारी सेवाबाट अवकाश भएका हुन् । उनी यसअघि लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए । त्यसअघि उनले स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशकको रूपमा समेत काम गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *