इन्द्रसरोवरमा पौडी खेल्दा युवक बेपत्ता

हेटौँडा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। शनिबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ADVERTISEMENT

बेपत्ता हुने युवक बाराको कलैया उपमहानगरपालिका–१ घर भई हाल काठमाडौंको माइतीघर बसोबास गर्दै आएका अन्दाजी १७र१८ वर्षीय कर्ण भनिने प्रणय गुप्ता रहेको प्रहरीले पुष्टि गरेको छ।

प्रहरीका अनुसार गुप्ता आफ्ना साथीसँग घुम्नका लागि मार्खु आएका थिए। घुमघामकै क्रममा सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका हुन्।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल खोजी कार्य तीव्र रुपमा जारी रहेको प्रहरी नायब उपरीक्षक ९डीएसपी० तथा मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *