हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले शनिबार प्रतिमा गौतमको संयोजकत्वमा ३३ सदस्यीय जिल्ला महिला विभाग गठन गरेको छ । गीता पौडेलको संयोजकत्वमा २५ सदस्यीय हेटौंडा नगर महिला विभाग गठन गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरद्वारा आयोजित जिल्ला महिला भेला ,बधाई तथा शुभकामना कार्यक्रम वनस्खण्डी मन्दिर हेटौडा परिसरमा सम्पन्न भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरकी महिला उपाध्यक्ष प्रतिमा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर क्षेत्र नं १ (ख) प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ , बागमति प्रदेश सभा सदस्य भारती पाठक, हेटौंडा ११ नं वडा अध्यक्ष जुना दाहाल, संगठन राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेल , निबर्तमान राष्ट्रिय समिति सदस्य पद्मा पौडेल, संगठन अध्यक्ष श्रीराम दहाल, संगठन सचिव मकुन्द न्यौपाने, शिक्षक सहकारी अध्यक्ष सिताराम दहाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शिक्षक सेवा आयोगबाट सफल माबि शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो ।







