चाडपर्वमा २४ घण्टै प्रहरी परिचालन : एसपी गौतम

हेटौंडा/चाडपर्वको समयमा मकवानपुरमा २४ घण्टै प्रहरी परिचालन हुने भएका छन् । चाडपर्व सुरु भए लगत्तै प्रहरी परिचालनमा कडाई जानकारी दिइएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले चाडपर्वमा सुरक्षा व्यवस्था कडाइ गरिने जानकारी दिएका हुन् ।

ADVERTISEMENT

‘हामीले प्रहरी कर्मचारीलाई विदा दिएका छैनौं । नाकामा समेत सुरक्षा व्यवस्था कडाई गरिने छ’, गौतमले भने, ‘पिकेट, क्यूआरटी, सादा पोशाक, मोवाइल गस्ती, चेकिङ, साइकल गस्ती लगायतका कार्यलाई तीव्र पारिनेछ ।’ जिल्लाबासीको सुरक्षाका लागि मकवानपुरमा ५७६ जना प्रहरी परिचालन हुने उनले बताए ।

जिल्लाको चारैक्षेत्रको नाकामा र जिल्ला भित्र रहेका ६२ वटै प्रहरी युनिटबाट पैदल, साइकल मोटरसाइकल मार्फत टोली परिचालन हुनेछ । आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिनका लागि रातदिन खटिने र सुरक्षित वातावरणमा चाड मनाउने अवस्था सृजना गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतमले साउन महिना देखी हालसम्म जिल्ला प्रहरी कार्यालयबाट गरेका
कामकाराहीको बारेमा जानकारी दिएका थिए । लागूऔषध, अपराधिक गतिविधि, पक्राउ, मुद्दा दर्ता, उजुरी र समुदाय
प्रहरी साझेदारी कार्यक्रम लगायतका बिषयमा उनले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *