सबै धर्म सम्प्रदायप्रति उच्च सम्मान छः नेता बानियाँ

हेटौंडा – मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिका वडा नम्वर–९ स्थित बोकर थर्या छ्याइलिङ गुम्बाको आज स्थलगत अवलोकन गरेका छन् ।

ADVERTISEMENT

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले गुम्बा अवलोकनको क्रममा सबै धर्म संस्कृति, जातजाती, भाषाभाषी र सम्प्रदायप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै धार्मिक क्षेत्रको प्रवद्र्धन तथा विकासको लागि प्राथिमकता साथ काम गरिने बताए ।

उनले विगतमा पनि धार्मिकस्थलको प्रवद्र्धनका लागि काम गरेको बताउँदै निर्वाचनपश्चात गठबन्धनको सरकारले सो कार्यलाई प्राथमिकताका साथ अघि बढाउने बताए । बानियाँले भैसेबाट भीमफेदीको स्यार्से हुँदै धैराङसम्म व्यक्तिगत खर्चले बाटो खनिदिएको स्मरण गरे । उनले प्रदेशमा साढे ३ वर्ष नेतृत्व गर्दा नेकपा एमालेले उपेक्षा गरेको भएपनि गठबन्धनको सरकार बनेको १० महिनामै संसद विकास कोष र प्रदेश सरकारबाट गरी धैराङको पूर्वाधार विकासका लागि ३० लाख विनियोजन भएको बताए ।

नेपाली कांग्रेसले विगतमा पनि जनतासामु गरेको प्रतिवद्धता पुरा गर्दै आएको बताउँदै बानियाँले आगामी दिनमा जनहितका काम गरिने बताए ।गुम्बा अवलोकनका क्रममा कैलाश गाउँपालिका ९ नम्बर वडा सभापति भुवन सिं घलान माओवादी केन्द्रका नेता ओमबहादुर घलानलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya