बागमती प्रदेश सरकारले गर्‍यो १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा

हेटौंडा,बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र अपांग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

ADVERTISEMENT

आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाति, सिमान्तकृत समूह, आश्रममा आश्रित, अपांगता र महिला स्वास्थ्य स्वयं सेविकाहरूको परिवारलाई स्वास्थ्य बीमामार्फत गुणस्तरीय औषधोपचार उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो।

गत आर्थिक वर्ष २०७९ /८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत लोपोन्मुख जाति, अति सिमान्तकृत समूह, आश्रममा आश्रित, अपांगता र महिला स्वास्थ्य स्वयं सेविकाहरूको परिवारका गरी १७ हजार आठ सय ३१ परिवारको स्वास्थ्य बीमा गराएको हो।

ADVERTISEMENT

बीमा गराएकाहरूको प्रिमियमबापत हालसम्म बीमा कम्पनीलाई ६ करोड २५ लाख ९३ हजार ५५० भुक्तानी गरिएको बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सूचना अधिकारी डा। रविन भुषालले जानकारी दिए।

सूचना अधिकारी भुषालका अनुसार प्रदेश सरकारले बागमती प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ। सो कार्यक्रमअन्तर्गत हालसम्म सबैभन्दा बढी दोलखा जिल्लामा तीन हजार ४५२ परिवारको स्वास्थ्य बीमा भएको छ भने सबैभन्दा कम मकवानपुरमा १०१ परिवारको स्थास्थ्य बीमा भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *