असोज १६ गतेबाट राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

हेटौंडा, नागस्वती भेट्रान्स कल्बको आयोजनामा आगामी असोज १६ गते दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । नागस्वती भेट्रान्स कल्बले शनिबार पत्रकार सम्मेलनमा आयोजना गर्दै दुई लाख राशीको प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका खेलाडीहरुको सहभागिता रहने कल्बका अध्यक्ष सोम बहादुर तितुङ्ले बताएका छन् ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष तितुङ्ले प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार पाउने र देशभरका १८—२० वटा क्लबहरुको सहभागिता रहने बताए ।

उनले प्रतियोगितामा १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको बताए । तीन बर्ष अघि स्थापना भएको यस क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा उपाधी हासिल गर्न सफल भएको थियो । पत्रकार सम्मेलनमा क्लबका प्रथम उपाध्यक्ष विरेन्द्र खत्री, उपाध्यक्ष भरत तितुङ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, क्लबका सचिव प्रदीप गौतम, नवराज तितुङ, रोहिनी खत्री, राजु कार्की लगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *