लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा, मकवानपुरे प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नंम्बर–१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट पथलैयातर्फ जादै गरेको ना १ ह ८३२४ नंबरको अटोकाट ३१ केजी १२० ग्राम लागूऔषध गाँजा सहित दुइ जनालाई पक्राउ गरिएको हो ।

ADVERTISEMENT

रातोमाटेबाट अटो चालक मकवानपुर मनहरी गाउँपालिका वडा नंम्बर–७ पेन्चे बस्ने ३३ वर्षिय शंकर स्याङतान र सोही आटोमा सवार सोही स्थानका ४० वर्षिय रामशरण प्रजालाई शंका लागी उनीहरुको शरीर तथा अटो समेतको खानतलासी गर्दा अटो भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *