हेटौंडा, प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको नयाँ वर्ष विराट ज्ञान महायज्ञ अन्तर्गत २०८० बैशाख २० गतेदेखि आयोजना हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समितिको सभाहलमा शनिबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष शुभकामना पञ्च वर्षीय विराट महायज्ञ अन्तर्गत २०८० श्री गारक्षेश्वर विकास समितिका अध्यक्ष एवम् संरक्षक अजयराज सुमार्गीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् ।
२०६०, २०६५, २०७०, २०७५ हुँदै पाँचौं संस्करणको रुपमा २०८० बैशाख १ गतेदेखि गर्ने सम्पूर्ण तयारी भएपनि बृहष्पति अस्थ भएका कारण बैशाख २० मा महायज्ञ सारिएको समितिका अध्यक्ष सुमार्गीले बताए ।
महायज्ञ अनन्तश्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा।सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने जनाएको छ ।
महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरुहरु, सामाजिक व्यक्तिहरु एनआरएनसँग सम्बन्धित राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यक्तिहरु, समाजसेवी, बुद्धिजीवी , प्राध्यक, शिक्षक, उद्योगपति, व्यवसायी लगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिहरुको सामुहिक उपस्थिति रहने समितिका अध्यक्ष सुमार्गीले बताए ।
उनले पछिल्लो चरणमा धर्म संस्कृति र परम्परा लोपोन्मुख हुँदै गएको हुँदा त्यसलाई जोगाउन यो महायज्ञले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले यो महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको हुँदा सबैले आ–आफुले खुला मनले महायज्ञमा सहभागी हुन आग्रह गरे ।
अध्यक्ष सुमार्गीले हाल देशको व्यवसायिक अवस्था र अर्थतन्त्रमा परेको प्रभावको तल्लो तहसम्म परेको प्रभावले महायज्ञ सफल बनाउन चुनौती पनि भएको भन्दै चुनौतीको सामना गर्न पनि आफु तयार भएको बताए । महायज्ञमा आउने सबैजनालाई दक्षिणा समेत दिने उनले बताएका छन् ।
हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा बैशाख २० देखि २६ गतेसम्म आयोजना हुने महायज्ञ बैशाख २० गते बिहान ७ बजे शङ्ख, घण्ट, खैजडी भजन, डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा, १० बजे समुद्घाटन, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्ति संगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती र भजन कीर्तन हुने आयोजकले जनाएको छ ।
त्यसैगरी, बैशाख २१ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, होमहोमादी, विश्वस्तुति, ८ बजे मण्डव पुजन तथा पाठ पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, महाआरती, ५ बजेदेखि खैंजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुनेछ ।
बैशाख २२ गते तेश्रो दिन बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रहनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म खैँजडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुने जनाएको छ ।
बैशाख २३ गते बिहान सबैकार्य पुर्ववत्, दिवकार्य पुर्ववत्, अपरान्ह ३ बजे विश्वशान्तिको कामना सहित बाजागाजाका साथ नगरपरिक्रमा बुद्धचोक हेडम्बीचोक, मानसचोक, संगमचोक, कान्तिराजपथ हुँदै शीतल महलचोक, मेनरोड भुटनदेवी चोक हुँदै अखण्ड हरिकिर्तन चोकमा दीप प्रज्वलन साँझको कार्यक्रम हुने बताएको छ ।
त्यसैगरी, बैशाख २४ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, शिववस्तुति, ८ बजे ब्रतवन्ध कार्यक्रम तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती, ५ बजेदेखि खैँजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजनकिर्तन हुने जनाएको छ ।
बैशाख २५ गते बिहान ५ बजे वेदध्वदिन, विष्णुसहस्रनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपाराण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, साँझ ६ बजे राप्तीतटमा सवा ५ बजे दीपप्रज्वलन हुनेछ भने महायज्ञको अन्तिम दिन बैशाख २६ गते बिहान ७ बजे कथावाचन, ११ बजे तिलार्चना, पुर्णाहुति, समापन कार्यक्रम, पुरस्कार वितरण सामुहिक भोजनसहित विदाई कार्यक्रम हुने आयोजक समितिका महासचिव ह्याग्रीव आचार्यले जानकारी दिए ।
यसवर्ष २५ हजार नारीहरुलाई एकै प्रकारको साडी वितरण पनि गरेर कलशयात्रा गरिने महासचिव आचार्यले बताए । पत्रकार सम्मेलनमा समितिका विरिष्ठ सह–संम्योजक उत्तर शर्मा ढकाल, सदस्य अरुण सुमार्गी, प्रचार विभाग संम्योजक माधव न्यौपाने लगायतको उपस्थिती रहिको थियो ।






