सुन्धारा जेलबाट भागेका कैदी मकवानपुरमा पक्राउ

हेटौंडा, जेन–जी आन्दोलनको क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरी मंगलबार पक्राउ गरेको छ । जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका मकवानपुर थाहा नगरपालिका–९ का ३२ वर्षीय भूपेन्द्र वस्नेतलाई प्रहरीले घरबाट नै पक्राउ गरेको छ ।

ADVERTISEMENT

घरमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय मकवानपुर प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध ९खैरो हेरोइन० मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो ।

ईलाका प्रहरी कार्यालय पालुङले फरार कैदी बस्नेतलाई पक्राउ गरेर कैद असुली गर्न भीमफेदी कारागार पठाएको ईलाका प्रहरी कार्यालय पालुङकी प्रमुख रुक्सा बज्राचार्यले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *