हेटौंडामा ‘हेटौंडा रन प्रतियोगिता’ हुने

हेटौंडा, मंसिर पहिलो हप्ता हेटौंडामा तेस्रो संस्करणको ‘हेटौंडा रन’ दौड प्रतियोगिता हुने भएको छ ।
नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजन मंसिर ४ गते मंगलबार ५ किलोमिटरको दौड प्रतियोगिता हुने भएको हो । आयोजकले शुक्रवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

ADVERTISEMENT

समिती अध्यक्ष रविन्द्र घिमिरेका अनुसार प्रतियोगितामा करिब ३ लाख रुपैयाँको खर्च अनुमान गरिएको छ । दौडको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना पुरस्कार ५ हजार, पाँचौं पुरस्कार ३ हजार र प्रोत्साहन पुरस्कार स्वरुप २ जनालाई ४ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।
‘प्रतियोगितामा हेटौंडाको १९ वटा वडाका धावकहरु मात्र सहभागी हुन पाउनेछन् । हामीले यस वर्षदेखि खेलाडी उत्पादन गर्ने उद्देश्यले दौड आयोजना गरेका हौं ।’, अध्यक्ष घिमिरेले आगामी वर्षबाट प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरिने बताए । उनले धेरैभन्दा धेरै खेलाडी सहभागी होस् भन्ने उद्देश्यसाथ प्रतियोगिता हुने दिन विहानसम्म खेलाडी दर्ता गर्न सकिने व्यवस्था मिलाइएको बताए ।

हेटौंडाको बुद्धचोकबाट सुरु हुने दौड भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय,सत्यमचोक, थाहाचोक, सितलमहल चोक, ओमभवनहूँदै पुनः बुद्धचोकमा आएर समापन हुनेछ ।

प्रतियोगितालाई प्राविधिक सहयोग जिल्ला एथ्लेटिक्स संघ मकवानपुरले गरेको छ । पत्रकार सम्मेलनमा समितिका सदस्यद्वय सुनिल लोप्चन र विनोद राय तथा एथ्लेटिक्स संघ सचिव राजाराम पोखरेललगायत सहभागी थिए ।
समितिले चालु आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको खेलकुदमध्ये पहिलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *