बालजागृति विद्यालयको कप्तानमा दीक्षान्त थिङ निर्वाचित

हेटौँडा , बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयको विद्यालय कप्तानमा दीक्षान्त थिङ निर्वाचित भएका छन्। शुक्रबार विद्यालयले विद्यालय कप्तान, उपकप्तान, चारवटा सदन (हाउस) र चारवटा क्लबको कप्तान तथा उपकप्तान चयन गर्न निर्वाचन भएको थियो।

ADVERTISEMENT

विद्यालय उपकप्तानमा प्रज्वल अधिकारी विजयी भएका छन्। त्यस्तै, रेड हाउसको कप्तानमा रोशिका यादव र उपकप्तानमा रोजन अधिकारी चयन भए। पहेँलो हाउसको कप्तानी सुज्ञानी पुडासैनीले हात पारिन् भने उपकप्तानमा एन्ड्रिया थापा निर्वाचित भइन्। निलो हाउसको नेतृत्व आयुस प्रजाले सम्हाल्ने भएका छन्, जसका उपकप्तान अर्जन न्यौपाने चयन भए। हरियो हाउसको कप्तानमा कुसाग्र ढकाल र उपकप्तानमा सफल चौधरी निर्वाचित भएका छन्।

क्लबतर्फ, इको क्लबको कप्तानमा आयुस रौनियार र उपकप्तानमा विज्ञ अधिकारी चयन भए। साहित्य क्लबको नेतृत्व अमिस्का मैनालीले गर्नेछिन् भने उपकप्तान निश्चल ढुङ्गेल भएका छन्। ललितकला क्लबको कप्तानमा सम्राट यादव र उपकप्तानमा अन्जन प्रसाद यादव निर्वाचित भए। खेलकुद क्लबको नेतृत्व रिजन जिम्बाले गर्नेछन् भने उपकप्तानमा स्वर्ण विक्रम सिंह ठकुरी चयन भएका छन्।

प्रधान निर्वाचन अधिकृतका रूपमा सामाजिक शिक्षक उमेश अर्यालले जिम्मेवारी सम्हालेका थिए। चार जना मतदान अधिकृतसहित निर्वाचन प्रक्रिया बिहान ७:३० बजे सुरू भई दिउँसो १२:३० बजेसम्म सञ्चालन भएको थियो। निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ कायम गरी कुल आठवटा मतदान बुथको व्यवस्था गरिएको थियो, जसमा कक्षा ६ देखि १० सम्मका ६२७ विद्यार्थीले मतदान गरेका थिए।

१८ पदका लागि कुल ४९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। विद्यालयका प्रिन्सिपल विनोद सुवेदीका अनुसार लोकतान्त्रिक अभ्यासको सिकाइ र नेतृत्व विकासको उद्देश्यले विद्यालयस्तरमा निर्वाचन आयोजना गरिएको हो। विद्यार्थीहरूले नेतृत्व क्षमता विकास गर्दै सामाजिक जिम्मेवारी बोध गर्न सकून् भन्ने उद्देश्यले शिक्षकहरूको सहजीकरणमा विद्यालय निर्वाचन भएको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *