‘आयोगलाई व्यवस्थित र विश्वासिलो बनाउनुपर्छ’

हेटौंडा, बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोगलाई व्यवस्थित र विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका थिए । आइतबार हेटौंडामा आयोजित प्रदेश लोक सेवा आयोगको पाँचौं स्थापना दिवस समारोह कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले नागरिकको भरोसालाई ध्यानमा राखेर परिक्षा सञ्चालन, विज्ञापन प्रकाशन, सरुवा बढुवाको विषयमा संवेदनशील भएर कार्य गर्नुपर्ने बताए ।

ADVERTISEMENT

कार्यक्रममा मुख्यमन्त्री बहादुर सिं लामाले आयोगलाई विश्वासिलो बनाउन सरकार कटिबद्ध रहेको बताए । आयोगलाई छिट्टै सरकारी भवनमा सार्ने व्यवस्था गरिनुका साथै आयोगलाई प्रभावकारी बनाउन सकिन्छ भने सरुवा र बढुवामा सहजता पुग्ने मुख्यमन्त्री लामाले बताए । सिस्टम डिप्लोप गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री लामाले आयोगमा भएका चुनौतिलाई समाधान गर्न सबै क्षेत्रको साथ सहयोग रहनुपर्ने बताए । समारोहमा बोल्नुहुँदै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सरुवा बढुवामा पावर र भनसुन नलाग्ने बताए । परिक्षालाई विश्वासिलो बनाई ऐनमा सरुवा र बढुवालाई उल्लेख गर्न धेरै राम्रो हुने बताए । आयोगले गर्ने कार्यको मोडालिटी परिवर्तन गरि पुरानै पद्धतिलाई विस्तारै प्रयोग कम गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

आयोगका अध्यक्ष महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका मन्त्रीहरु, उपसभामुख अप्सरा चापागाई, प्रदेश प्रमुख सचिव डा. हरिप्रसाद लम्साल, कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *