फेमकोल एकेडेमीको सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुरु

हेटौंडा, हेटौंडा १३ मा रहेको फेमकोल एकेडेमी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद प्रतियोगिता बुधबारबाट शुरु भएको छ ।

ADVERTISEMENT

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बगान सिंह थिङको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई प्रमाणपत्र र शिल्ड प्रदान गरिने विद्यालयका प्रिन्सिपल केशल मुडभरीले जानकारी दिए ।

अन्तर सदनात्मक तथा कक्षागत रुपमा हुने प्रतियोगितामा डोरी तान्ने, हटपोट्याटो, स्लो साईकल रेस, स्पोन रेस, दौडलगायतका खेलहरु सञ्चालन हुने छ ।

ADVERTISEMENT

उद्घाटन कार्यक्रममा पदमपोखरी अस्पतालका प्रमुख शेरबहादुर ब्लोन, आधमार टोल विकास संस्थाका अध्यक्ष धिरेन लोप्चन, प्रहरी चौकी पदमपोखरीकी ईन्चार्ज लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya