विवादित चिट्ठा विधेयकको प्रतिवेदन पेस

हेटौँडा, बागमती प्रदेशसभामा लामो समयदेखि विवादित बनेको चिट्ठा विधेयक सम्बन्धी प्रतिवेदन पेस गरिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले ‘प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। समितिमा दफावार छलफल र आवश्यक संशोधनपछि पारित भएको उक्त प्रतिवेदन अब आगामी बैठकमा छलफलमा प्रवेश गर्नेछ ।

ADVERTISEMENT

यसअघि, २०८० वैशाख १२ गते बसेको प्रदेशसभा बैठकले सो विधेयक पारित गरी प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पठाएको थियो । तर प्रमुख शर्माले विधेयकमा गम्भीर त्रुटि रहेको भन्दै २०८० जेठ ७ गते फिर्ता पठाउनुभएको थियो ।

पछिल्लो पटक २०८२ जेठ ८ गते बसेको बैठकले विधेयकलाई दफावार छलफल र संशोधनका लागि समितिमा पठाएको थियो । यसअघि पनि उक्त विधेयक संसदमा प्रस्तुत गर्ने प्रयास भए पनि ‘कालो धनलाई सेतो बनाउन सहयोग पुग्ने खालको व्यवस्था गरिएको’ भन्ने आरोपपछि सरकार पछि हटेको थियो ।

ADVERTISEMENT

२०८० असोज १५ गते बसेको प्रदेशसभा बैठकमा विधेयक पुनर्विचारका लागि ‘चोर बाटो’ प्रयोग गरी प्रस्तुत गर्न खोज्दा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का सांसदहरूले रोष्टम घेराउ गर्दै कडा विरोध जनाएका थिए । त्यसपछि केही समय विधेयक रोकिएको थियो ।

हाल भने एमालेको सहमतिमा विधेयक अघि बढाइएको हो । यसअघि माओवादी नेतृत्वमा समितिमा प्रवेश पाएको सो विधेयक २०८० वैशाख १२ गते एकै दिन संसदमा पेस गरेर पारित गरिएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya