हेटोंडा, १२ असोज/अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आर्थिक वर्ष २०७८/०७९ को ३२ औंं वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरि घिमिरेले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई पेश गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले वार्षिक प्रतिवेदन पेश भएको जानकारी दिए ।
प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोगका हेटौंडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेश भित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप समेत प्रश्तुत गरेका थिए ।







