हेटौंडा, मकवानपुरसहित अन्य जिल्लाबाट सहभागी कथाकारहरूको सहभागितामा पन्जाबको पिंगलवाड़ा अमृतसरमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय लघुकथा सम्मेलन सकिएको छ ।
मिन्नी कहानी लेखक मञ्च र लोकमंच पन्जाबको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा भारतका विभिन्न प्रदेश र नेपालबाट आएका लघुकथाकारहरूले लघुकथा वाचन गरेका थिए । भारतका दिग्गज सुप्रसिद्ध लघुकथाकारहरू डाक्टर बलराम अग्रवाल, डाक्टर अशोक भाटिया, डाक्टर श्यामसुन्दर दीप्ति, डाक्टर नीरज शर्मा, कान्ता रॉय ,अशोक दर्द ,जगदीश राय कुलरियां राममूरत राही , संतोष सुपेकरले लघुकथाको बारेमा बालेका थिए भने वरिष्ठ समीक्षक डाक्टर श्यामसुन्दर दीप्तिले वाचन गरेका लघुकथाहरूको समीक्षा गरिएको थियो ।
सम्मेलनका संयोजक वरिष्ठ लघुकथाकार जगदीश राय कुलरियांको संयोजनमा भएको उक्त कार्यक्रममा नेपालबाट हयग्रीव आचार्यले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने लघुकथाकार किशन पौडेल रमेश मोहन अधिकारी , डीबी बर्तौला, माधव बहादुर पोखरेल मिथिला अधिकारी ,विष्णु प्रसाद गौतमले आ(आफ्ना लघुकथा वाचन गर्नुका साथै छोटो मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा नेपालबाट साहित्यकार राजबाबु पहाडी , सिताराम दाहाल, अप्सरा पुडासैनीको सहभागिता रहेको थियो ।







