न्वागी पर्वमा बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

हेटौँडा,, बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात् छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

ADVERTISEMENT

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी आइतबार २२ भदौमा मकवानपुरसहित चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित निर्णयअनुसार नै छोनाम पर्वमा चेपाङ समुदायको बाहुल्य रहेका प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *