चित्लाङमा भलिबल प्रतियोगिता जारी, आज ७ खेल सम्पन्न

हेटौंडा, स्वच्छन्द भैरव युवा क्ल्वको आयोजना थाहा नगरपालिका वडा नम्वर ९ चित्लाङमा खेलकुद प्रतियोगिता जारी रहेको छ । आज विहीबार ७ वटा खेल सम्पन्न भएको क्लवका अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए । विहीबार भएको पहिलो खेलमा हिमाली डाफे युवा क्लव थाहा १० विजयी भएको छ।

ADVERTISEMENT

हिमालीले विवेकशिल युवा क्लव थाहा ६ लाई २–१ को सेटले पराजित गरेको हो । विहीबार भएको दोस्रा खेलमा ग्रिन कम्यूनिटि विरुद्ध उनीउ आग्रा बिचको खेलमा उनीउ विजयी भएको छ । यसैगरी खेलकुद विकास समिति थाहा ५ विरुद्ध चित्लाङ खेलकुद विकास समिति थाहा ९ ए बिच भएको खेलमा चित्लाङ खेलकुद विकास समिति सोझो सेटमा विजयी भएको क्लवका सचिव निर्मल बलामीले जानकारी दिए । विहीबार भएको चौथो खेलमा छहारी युवा समाज हेटौंडा विजयी भएको छ । छहारीले थाहा नगरपालिकामा रहेको विनयबाबु स्मृतिलाई पराजित गरेको थियो ।

पहिलो खेलमा पराजित भएको ग्रिन कम्यूनिटी क्लव दोस्रो खेलमा विजयी भएको छ । चित्लाङ खेलकुद विकास समिति थाहा ९ बीलाई ग्रिन कम्पूनिटीले पराजित गर्न सफल भयो । विहीबार भएको अर्को खेलमा बज्रवाराही खेलकुद विकास समिति विरुद्ध सशक्त युवा क्लव टौबासबीच भएको खेलमा बज्रवाराही विजयी भएको छ । विहीबार भएको सातौँ खेलमा चित्लाङ थ्रिस्टार विरुद्ध खेलकुदका विकास समिति थाहा ५ भएको खेलमा खेलकुद किवास समिति थाहा ५ विजयी भएको छ । कुमारी युवा क्लव विरुद्ध थाहा बहुप्राविधिक शिक्षालय विचको खेलमा दुवै टिमले १–१ सेट विजयी भएता पनि समय अभावले गर्दा भोली विहान पुनः शुरुबाट खेल खेलाइने क्लवका सचिव बलामीले जानकारी दिए ।

१५ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेता टिमले नगद ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *