नेपाल प्रजातन्त्र सेनानी सङ्घ मकवानपुरको अध्यक्षमा पुनः दिपक खतिवडा

हेटौंडा, नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घ मकवानपुरको अध्यक्षमा पुनः दिपकलाल खतिवडा चयन हुनु भएको छ । शनिबार भएको दोस्रो जिल्ला अधिवेशनबाट खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्माण भएको हो ।

ADVERTISEMENT

सङ्घको उपाध्यक्षमा अर्जुन प्रसाद देवकोटा, सचिवमा बासुदेव दाहाल चयन भएका छन् । यसैगरी सदस्यमा निरन्जन कुमार श्रेष्ठ, रेशम कुमार श्रेष्ठ, राधादेवी कोइराला, ईश्वरप्रसाद देवकोटा, होमप्रसाद न्यौपाने, तिर्थराज जमरकट्टेल, देवलाल श्रेष्ठ, रोहनीप्रसाद सुवेदी चयन भएका छन् । सङ्घले केन्द्रीय प्रतिनिधिमा रामनरेश यादव, बोझबहादुर पण्डित र चन्द्र महर्जनलाई चयन गरेको छ । ३ वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्माण भएको हो ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ मकवानपुरका अध्यक्ष दिपकलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक गोपाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, नगर सभापति उत्सव इटेनी, तरण दल मकवानपुरका अध्यक्ष सन्तोष सापकोटा, महिला संघ मकवानपुरकी सचिव निलम देवकोटा, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य घनश्याम नेपाललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *