छनौट क्रिकेट प्रतियोगितामा मकवानपुर फाइनल प्रवेश

हेटौंडा, बागमती प्रदेश स्तरीय प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट छनौट प्रतियोगितामा मकवानपुर क्रिकेट टीम फाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा त्रिभूवन यूनिभर्सिटीलाई ७ विकेटले पराजित गर्दै मकवानपुर फाइनल प्रवेश गरेको हो ।

ADVERTISEMENT

शुरुमा ब्याटिङ गर्नको लागि मैदान उत्रेको त्रिभूवन यूनिभर्सिटी २३ दशमलव ५ ओभर खेल्दै ५८ रनमा अलआउट भयो । त्रिभूवनका लागि सन्देश पंगेनी १९ रन र पृथु बास्कोटाले ११ रन बाहेक अरु खलाडीले दोहोरो अंक जोडन सफल भएन । मकवानपुरको लागि समिर चौलागाईले ५ विकेट, रामनरेश गिरिले ३ विकेट र पियुश शर्माले २ विकेट लिन सफल भए । ५९ रनको झिनो स्कोर पाएको मकवानपुरले १६ दशमलव ४ ओभरमा आफ्नो लक्ष्य भेट्टायो ।

मकवानपुरको लागि विशाल फुयाँल २१ रन, तक्षक सिम्खडा १८ रन र शुभ कन्साकारले ६ रनको योगफलमा लक्ष्य भेटाएको हो । ५ विकेट लिएको समिर चौलागाई प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल खेल कार्तिक ४ गते हुनेछ ।

ADVERTISEMENT

प्रतियोगिताको समूह ए मा ललितपुर, काठमाडौं, नुवाकोट र भक्तपुर रहेको छ भने समूह बी मा चितवन, मकवानपुर, त्रिभूवन यूनिभर्सिटी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *