पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा सारुमगर विजयी

हेटौंडा, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा कृष्ण सारुमगर विजयी भएका छन् ।प्रेस युनियन र प्रेस चौतारी अलाइन्सका उम्मेदवार तथा निवर्तमान अध्यक्ष शिव देवकोटालाई पराजित गर्दै उनकै कार्यकालका महासचिव समेत रहेका प्रेस सेन्टरका सारु विजयी भएका हुन् ।

ADVERTISEMENT

सारुले ४७२ मत ल्याउदा देवकोटाले ३६३ मत मात्र ल्याए । उपाध्यक्षमा प्रेस चौतारीका हरी हुमागाई विजयी बने । महासचिवमा पनि चौतारीकै राधेश्याम खतिवडा विजयी बन्दा महिला उपाध्यक्षमा पनि चौतारीकी विमला पाण्डे विजयी बनिन् ।
सचिव र समावेशी सचिवमा प्रेस युनियनका काजी श्रेष्ठ र श्यामप्रसाद खतिवडा विजयी भए । कोषाध्यक्षमा शङ्कर अधिकारी विजयी भए ।

अध्यक्ष बाहेकका सबै पदाधिकारी तथा सदस्यहरुमा चौतारी९ युनियनको प्यानलले जित दर्ता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *