शुल्क घटाउन माग गर्दै मुख्यमन्त्रीलाई फेकोफनको ज्ञापन

हेटौंडा, सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश समितिले मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई ज्ञापनपत्र बुझाएको छ । फेकोफन प्रदेश अध्यक्ष विनोद सापकोटाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री जमरकट्टेलाई प्रदेशले लगाएको २० प्रतिशत शुल्क हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ADVERTISEMENT

प्रदेशको वन ऐन २०७६ को दफा ३८ (३) मा सामुदायिक वनको वन पैदावार बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत रकम प्रदेश कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएकोमा बागमती प्रदेशको आर्थिक ऐन २०८० मा दफा २० थप गरी उक्त कर रकम बढाएर २० प्रतिशत रकम प्रदेश कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा महासंघले विरोध गरेको हो । प्रदेश सरकारको आर्थिक ऐन २०८० को दफा २० मा सामुदायिक वन उपभोक्ता समूहले २० प्रतिशत रकम प्रदेश कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएका कारण सामुदायिक वन संरक्षण र व्यवस्थापनमा गम्भीर नकारात्मक असर पर्ने भएको र उक्त व्यवस्था अत्यन्त अस्वभाविक र अन्यायपूर्ण भएको हुँदा प्रदेश सरकारको आर्थिक ऐन २०८० को दफा २० मा गरिएको व्यवस्था तत्काल हटाएर प्रदेश सरकारको आर्थिक ऐन २०८० को दफा १२ बमोजिम सामुदायिक वन उपभोक्ता समूहलाई लगाइएको वन पैदावार शुल्क छुट हुने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्न माग गरिएको छ ।

महासंघले राखेको मागप्रति आफू सकारात्मक रहेको जानकारी दिँदै मुख्यमन्त्री जमरकट्टेलले र यो मागलाई मन्त्रपिरिषदको बैठकमा लैजाने आश्वासन दिए । प्रदेश सरकार सदैव सामुदायिक वनप्रति सकारात्मक रहेको र सामुदायिक वनको विकासको लागि प्रदेशले बजेटको समेत ब्यवस्था गरेको जानकारी दिए । महासंघले राखेको माग ५ दिन भित्र पूरा नभए साउन १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको गरिएको अध्यक्ष सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *