हेटौंडा, नेकपा एमाले निकट व्यवसायी संगठन नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन भएका छन् ।
मङ्गलबार भएको पहिलो अधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ समिति निर्माण भएको हो । समितिको उपाध्यक्षमा सजित कार्की, सचिवमा चेत बहादुर थापा र कोषाध्यक्षमा देवकृष्ण विक चयन भएका छन् ।
यस्तै सदस्यहरुमा धुर्व सिंह पाख्रिन, सुरज कार्की, सुनित आचार्य, रमेश आचार्य र विष्णु सिलवाल चयन भएका छन् ।







