पालुङ बहुउद्देश्यीयको बज्रवाराही सेवा केन्द्रको साधारणसभा

हेटौंडा, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको बज्रवाराही सेवा केन्द्र स्तरीय २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी रहेका थाहा नगरपालिका मेयर विष्णुबहादुर बिष्टले नगरपालिका भित्र छरिएर रहेका सहकारीहरू एकीकरण हुनुपर्नेमा जोड दिएका थिए ।

ADVERTISEMENT

उनले सहकारीहरुको वर्तमान अवस्थामा देखिएको समस्याको निरुपण गर्न सहकारीको मर्ज बिकल्प रहेको बताउदै सहकारी राम्रो बनाउन सेयर सदस्यहरु चनाखो हुनुपर्ने बताए। उनले थाहा नगरपालिकाले व्यवस्थित रुपमा सहकारीहरुको अनुगमन र नियमन गर्ने प्रतिवद्द्ता व्यक्त गर्दै पालुङ बहुउद्देश्यीय सहकारी सम्पुर्ण थाहा नगरबासीको भरपर्दो संस्था रहेको बताए।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको अध्यक्षतामा भएको साधारणसभामा विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा बज्रवाराही सेवाकेन्द्र अन्तर्गत रहेका सेयर सदस्यहरुको उपस्थिती रहेको थियो। संस्थाले यस बर्ष देखि हेटौंडा, बज्रवाराही र मुख्य कार्यालयमा छुट्टाछुट्टै साधारणसभा गर्दै छ। मुख्य साधारणसभा भने संस्थाको २५ औं स्थापना दिवसको अवसर पारेर मुख्य कार्यालय रहेको स्थान थानाबजारमा पौष ९ गते बिबिध कार्यक्रम सहित साधारणसभा गर्ने संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *