हेमजा साहित्य महोत्सवको प्रचारप्रसार गर्न टोली हेटौँडामा

हेटौँडा, आगामी मंसिर १८ गतेदेखि २० गतेसम्मपोखरामा आयोजना हुने हेमजा साहित्य महोत्सवको बारेमा प्रचारप्रसार गर्न मूल समारोह समिति हेटौँडा आइपुगेका छन् ।

ADVERTISEMENT

बुधबार मकवानपुर जिल्लाका साहित्यकारहरु र पोखरा स्थित हेमजा साहित्य प्रतिष्ठान नेपालका प्रतिनिधिहरूबीच भेटघाट तथा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरी आयोजक हेमजा साहित्य महोत्सव तथा कविकर एवम् भाषाविद् मुकुन्दशरण उपाध्याय रथारोहण एवम् नागरिक अभिनन्दन मूल समारोह समितिले आयोजना गर्न लागिएको तीनदिने महोत्सवको बारेमा जानकारी गराएको हो ।

मूल समारोह समिति अध्यक्ष छन्दमणि त्रिपाठीले पोखरामा आयोजना हुने हेमजा साहित्य महोत्सवमा ८७ वर्षीय भाषाविद् मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन गर्नुका साथै अभिनन्दन ग्रन्थ पनि प्रकाशन गरिने बताए । उनका अनुसार ग्रन्थका लागि हालसम्म १५० भन्दा बढी रचनाहरू प्राप्त भइसकेका छन् । उनले मकवानपुरका साहित्यकारहरूलाई पनि भाषाविद् उपाध्यायसम्बन्धी लेखरचना पठाउन आग्रह गरे ।

मूल समारोह समितिका महासचिव शिव त्रिपाठीले भाषिक एकता कायम गर्न मुकुन्दशरण उपाध्यायले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । मूल समारोह समितिका अध्यक्ष त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभाग प्रमुख तथा हेमजाका सल्लाहकार डाक्टर दिनेश बास्तोलाको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका बास्तोलाले भाषा र संस्कृति मरेमा हाम्रो संस्कृति पनि मर्नेमा जोड दिएका थिए ।

देशभर भएको जेन्जीको आन्दोलनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि जेन्जीको चपेटामा परेको बताए । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका सल्लाहकार तुल्सी घिमिरेले संस्थाको इतिहासको बारेमा प्रकाश पारेका थिए । गजल मञ्ज मकवानपुरका अध्यक्ष संगीत श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya