हेटौंडा, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा मकवानपुरका दिनेश उपाध्याय नियुक्त भएका छन् ।नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार उपाध्यायलाई ४ बर्षे कार्यकाल रहनेगरी नियुक्ती गरेको हो ।
नेपाली काङ्ग्रेस महासमिति सदस्य, मकवानपुर जिल्ला सहकारी संघका सचिब उपाध्याय मकवानपुरका प्रभावशाली ब्याक्तित्वमा पर्नुहुन्छ ।
नियुक्तीसंगै उपाध्यायले शुक्रबार कार्यभार सम्हाल्नु भएको छ ।
बिमा क्षेत्रलाई समयानुकूल बनाई बिमा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न क्रियाशील हुने अध्यक्ष उपाध्यायले बताए ।







