हेटौंडा जेसीजको स्वास्थ्य शिविरमा २५२ जना लाभान्वित

हेटौंडा, हेटौंडा जेसीजको आयोजना तथा हेटौंडा उपमहानगरपालिका १३ नं. वडा कार्यालय र पदमपोखरी अस्पताल सह-आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा हेटौंडा वडा नं. १३ स्थित पदमपोखरी अस्पतालमा सोमबार बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ADVERTISEMENT

शिविरमा सुगर प्रेशरका साथै आँखा र महिलाहरुको पाठेघरको जाँच गरिएको थियो । हेटौंडा जेसीज वर्ष २०२५ का कानुनी सल्लाहकार विपिन ताम्राकारको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाअध्यक्षता एवम् पदमपोखरी अस्पालका प्रमुख डा. सवाना खातुन विशिष्ट अतिथि र हेटौंडा उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो । उक्त कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष लगायत हेटौंडा सामुदायिक आँखा अस्पतालका प्राविधिक कृष्ण ढुङ्गाना, प्रहरी चौकी पदमपोखरीका प्रमुख दिपु लामा, महेन्द्र बहुमुखी क्याम्पसका प्रधानाध्यापक श्री वागन सिं. थिङ्ग, र पदमपोखरी अस्पतालमा सिनियर अहेव शेरबहादुर व्लोनको आतिथ्यता रहेको थियो ।

निःशुल्क स्वास्थ्य शिविरबाट २५२ जना सेवाग्राही लाभान्वित भएको कार्यक्रम संयोजक विपिन तम्रकारले जानकारी दिए। शिविरमा सहभागीमध्ये १५७ जना महिला र ९५ जना पुरुष रहेका छन् ।

शिविरअन्तर्गत ८४ जनाको मधुमेह (सुगर) परीक्षण गरिएको थियो भने ९० जना महिलाहरुको पाठेघर सम्बन्धी सामान्य स्वास्थ्य जाँच गरिएकोमा ८५ जनामा विभिन्न रोगका लक्षण देखिएकाले थप उपचार तथा परामर्शका लागि सिफारिस गरिएको छ । शिविरमा २६ जनामा मोतियाबिन्दु देखिएकोमा थप उपचारको लागि शल्यक्रिया गर्नुपर्ने देखिएको र जलविन्दुका ५ जना बिरामी पनि पहिचान भएका कार्यक्रम संयोजक ताम्राकारले बताए ।

मोतियाबिन्दुका बिरामीहरुको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने हेटौंडा जेसीजका कार्यकारीणी उपाध्यक्ष सन्तोष पराजुली जनाएका थिए । स्वास्थ्य शिविर ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी आयोजना गरिएकोमा यस्ता किसिमका शिविरहरुलाई आगामी दिनमा समेत थप विशेषज्ञ सहितको स्वास्थ्य सेवाहरु समावेश गरी निरन्तरता दिनका लागि कार्यक्रमका अतिथि पदमपोखरी अस्पतालमा सिनियर अहेव शेर बहादुर व्लोन र कार्यक्रमका प्रमुख अतिथि १३ नंं वडाका वडा अध्यक्ष पेम्बा लामा ज्यूले आफनो मन्तव्य मार्फत आग्रह समेत गनुृ भएको थियो । शिविरको औपचारिक कार्यक्रमको संचालन हेटौंडा जेसीज वर्ष २०२५ का महासचिव जेसी संजय कुमार न्यौपानेले गर्नु भएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *